मुना बचत तथा ऋण सहकारी सस्था सहकारी ऐन २०४८ बमोजिम नेपालमा स्थापना भएको सहकारी संस्था हो । यो सहकारी संस्थाको रजिष्टर्ड तत्कालिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा रहेको छ र हाल सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशमा दर्ता तथा अद्यावधिक भई सञ्चालनमा रहेको छ । यस संस्थाले आफ्ना सदस्यहरु माझ कारोवार गर्दै आएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय नवलपरासीबाट र हाल सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशमा दर्ता तथा अद्यावधिक भई वचत तथा ऋण कारोबार सञ्चालन गर्ने गरि द.नं.१४९।२०५७।५८ बाट स्वीकृती प्राप्त गरी आफ्नो कारोबार सञ्चालन गरेको छ । यस बचत तथा ऋण सहकारीले संस्था आन्तरिक राजस्व कार्यालय कावासोती अन्तर्गत पान नं. ३०३३६२८३४ लिई निरन्तर संचालनमा रहेको छ । संस्थाको मुख्य कारोवार आफ्ना सदस्यहरु माझ वचत तथा ऋण परिचालनवाट व्याज आर्जन तथा सदस्य हितसँग सम्बन्धित कारोबार गर्नु रहेको छ ।