|

ट्याव्लेट बैकिङ्ग सेवा




दैनिक बचत गर्ने कार्यलाई भरपर्दो,सुरक्षित साथै अझ बढी व्यवस्थित तथा विश्वासिलो बनाई समयको बचत गर्दै सहजै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ दैनिक बचत संकलकलाई मोबाईल ट्याब्लेट प्रदान गरी सञ्चालनमा ल्याईएको छ ।

सदस्यहरूको दैनिक बचतलाई व्यवस्थित र ट्र्याक गर्नका लागि डिजिटल उपकरणहरूको प्रयोगको माध्यमबाट बचत संकलन र व्यवस्थापनको कार्यलाई सहज र द्रुत बनाउन यस्तो किसिमको प्रविधिलाई संचालनमा ल्याईएको छ । विशेष गरी यो प्रविधि मोबाइल एप्लिकेसन तथा संस्थाको वेब-आधारित व्यवस्थापन प्रणालीमा उपलब्ध हुन्छ । ट्याबको प्रयोगले प्रत्येक बचतको राशि र मिति स्वचालित डिजिटल रूपमै सुरक्षित र व्यवस्थित तरिकाले रियल टाइममा नै प्रणालीमा अपडेट हुने हुँदा म्यान्युअल रेकर्डिङ र चेकिङ प्रक्रिया घटाउँछ जसले सदस्यहरूलाई बचत प्रक्रियाको समय र कर्मचारीहरूको श्रम बचत हुन्छ । यसले व्यवस्थापनलाई कुनै पनि समयमा सबै सदस्यहरूको बचत स्थिति जाँच गर्न र समीक्षा गर्न अनुमति दिन्छ। जसले संस्थामा पारदर्शिता र निगरानीलाई बलियो बनाउनुको साथै सदस्यहरूको विश्वासलाई पनि प्रोत्साहन दिने हाम्रो विश्वास छ ।