इन्टरनेट बैंकिङ्ग: आधुनिक वित्तीय सेवा प्रविधि
सदस्यहरूको सेवा स्तर उच्च बनाउन, आधुनिक प्रविधिहरूको सेवा उपलब्ध गराएर सदस्यहरूको विश्वास र सन्तुष्टि बढाउन सकिन्छ भन्ने दृढ संकल्पका साथ सदस्यहरूको वित्तीय आवश्यकताहरू पूरा गर्न वित्तीय सेवामा सजिलै सँग पहुँचयोग्य बनाउन र समय तथा स्रोतको बचत गर्न सरल, पारदर्शी र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्य लिएर डिजिटल प्रणाली द्वरा लेनदेन र डेटा व्यवस्थापन गर्न सजिलो बनाउने गरि संस्थाले "इन्टरनेट बैंकिङ्ग" सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुले संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप डाउनलोड गरि आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी लगइन गर्न सक्ने साथै लगइन गरेपछि आवश्यक विभिन्न सेवा एकै ठाउँमा उपलब्ध हुने जस्तैः खाताको विवरण, रकम स्थानान्तरण, ऋण किस्ता भुक्तानी, फिक्स्ड डिपोजिटको जानकारी, सेवाहरूको आवेदन आदी ।
इन्टरनेट बैंकिङ्गले सुरक्षित पासवर्ड र ओटीपी (One-Time Password) प्रणाली प्रयोग गरी सदस्यहरूको डाटा र लेनदेन सुरक्षित राख्छ। इन्टरनेट बैंकिङ्गले सदस्यहरूलाई छिटो, सरल र सुरक्षित वित्तीय सेवा प्रदान गर्न मद्दत गर्दै संस्थालाई डिजिटल युगको आधुनिक प्रविधिसँग जोड्न र सदस्यहरूको आवश्यकतालाई समय सापेक्ष रूपमा पूरा गर्न सहयोग पुर्याउने हामिले विश्वास लिएका छौ । यद्यपि यसलाई प्रभावकारी बनाउन सुरक्षा सतर्कता तथा सदस्यहरूको प्रशिक्षणको उचित प्रवन्धमा समय दिनुपर्ने देखिएको छ ।
"इन्टरनेट बैंकिङ्ग: सदस्यहरूको लागि समय, सुविधा र पारदर्शिताको उत्कृष्ट समाधान।"