मिसकल बैंकिङ्ग: डिजिटल युगमा सरल बैंकिङ्ग समाधान
संस्थाले सदस्यको वित्तीय पहुँचलाई सरल, सुरक्षित र प्रभावकारी बनाउँदै लैजानको लागि मिसकल बैंकिङ्ग प्रविधिलाई प्रयोगमा ल्याउन थालेको छ। मिसकल बैंकिङ्ग एक प्रकारको डिजिटल सेवा हो, जसले फोन कलको सट्टामा "मिसकल" द्वारा सदस्यलाई संस्थाको वित्तीय सेवासँग जोड्छ। यसमा सदस्यले: कुनै निश्चित नम्बरमा मिसकल गरेर आफ्नो खाताको विवरणहरू जस्तै: खाताको ब्यालेन्स चेक गर्न,लेनदेनको जानकारी पाउन,ऋणको किस्ता विवरण बुझ्न, टपअप लगायत अन्य वित्तीय सेवा सम्बन्धी जानकारी प्राप्त गर्न सहयोग गर्छ।
संस्थाले सदस्यहरूलाई प्रदान गरेको निश्चित नम्बरमा मिसकल गर्दा, प्रणालीले सदस्यको फोन नम्बर पहिचान गरी २४ घण्टा उपलब्ध सेवा मार्फत आवश्यक जानकारी एसएमएसमा पठाउँछ। मिसकल बैंकिङ्ग सरलता र पहुँचयुक्त सेवा हो, जसमा सदस्यहरूले इन्टरनेट, स्मार्टफोन वा एप्सको आवश्यकता बिना सामान्य फोनबाट मात्र बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्ने, संस्थामा नै गएर जानकारी लिनुपर्ने झन्झटलाई कम गराउने, कुनै अतिरिक्त शुल्क नलाग्ने भएको हुँदा यो सेवा विशेष उपयोगी हुने हामीलाई विश्वास छ। आगामी दिनहरुमा बिधुत, खानेपानी,ईन्टरनेट को विल भुक्तानी गर्न सकिने गरि यो सेवालाई अझ प्रभावकारी बनाई कार्यान्वयनमा ल्याईने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छौ ।
"मिसकल बैंकिङ्ग: सदस्यहरूको लागि आधुनिक वित्तीय पहुँचको माध्यम।"