QR (Quick Response) कोड सेवाः
संस्थाले आफ्नो सेवा डिजिटल र आधुनिक बनाउन QR (Quick Response) कोड सेवा को उपयोग गर्दै सदस्यहरूको वित्तीय कार्यहरूलाई छिटो, सहज, र सुरक्षित बनाइरहेको छ । QR (Quick Response) कोड एक प्रकारको डिजिटल वर्गाकार कोड हो, जसमा सदस्यहरुको आवश्यक जानकारी जस्तै खाता नम्बर, भुक्तानी विवरण, वा अन्य डेटा समावेश गरी सदस्यहरूलाई वितरण गरिएको हुन्छ । सदस्यले आफना ग्राहकहरुबाट स्मार्टफोन वा एपमार्फत स्क्यान गराई कारोबारको रकम सिधै संस्थामा रहेको आफनो सम्बन्धित बचत खातामा प्राप्त गर्न सक्षम बनाउँछ । यो सेवा संस्थाको डिजिटलीकरण र आधुनिक व्यवस्थापन प्रणालीतर्फको महत्त्वपूर्ण कदम हो, जसले लेनदेन प्रक्रियालाई प्रभावकारी, सरल, र सुरक्षित बनाउँछ।
QR कोड सेवाले सदस्यहरूलाई तुरुन्तै नगदरहित भुक्तानी प्राप्त गर्न सक्षम बनाउँछ, जसले प्रक्रिया द्रुत र झन्झटरहित बनाउँछ। कागजी कामको आवश्यकता हटाई डिजिटल ट्र्याकिङमार्फत समय र श्रम बचत गर्दछ। इनक्रिप्टेड जानकारीका कारण लेनदेन सुरक्षित रहन्छ। भुक्तानीहरू तत्काल प्रणालीमा रेकर्ड हुने भएकाले सदस्य र व्यवस्थापकले वास्तविक समयमा विवरण हेर्न र ट्र्याक गर्न सक्छन्। यसले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै नगदरहित समाजको निर्माणमा योगदान दिन्छ। QR कोड सेवा संस्थाका लागि एक नवीनतम र प्रभावकारी सेवा हो। यो सेवा अपनाउँदा संस्थाले आफ्नो कार्यप्रवाहलाई आधुनिक बनाउँदै पारदर्शिता, दक्षता, र सदस्य सन्तुष्टि बढाउन सक्ने साथै भविष्यलाई डिजिटल र सुलभ बनाउनका लागि महत्त्वपूर्ण साबित हुने विश्वास गर्दछौ ।