|

News And Events

शिक्षामुखी सामाजिक अभियान भव्य रूपमा सम्पन्न




 Nov. 7, 2024

शिक्षामुखी सामाजिक अभियान भव्य रूपमा सम्पन्न

गैंडाकोट, मङ्सिर २५

मुना बचत तथा ऋण सहकारी संस्था लि. गैडाकोट–४ को गौरवमय १०औं वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा “पठन–संस्कृति अभियान” अन्तर्गत विशेष शैक्षिक–सामाजिक कार्यक्रम विहिवार गैंडाकोट ३- हर्दिमा भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा बालबालिकाहरूलाई पुस्तक, शैक्षिक सामग्री, झोला तथा दिवा–खाजा वितरण गरी सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रम मुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री मिलनराज घिमिरेको अध्यक्षतामा तथा उप- समितिको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा उप-समितिका संयोजक श्री हरिप्रसाद गौतमले गर्नुभएको थियो, जसले कार्यक्रमलाई सुव्यवस्थित र प्रभावकारी ढाँचा प्रदान गरेको थियो।

श्री मौलादेवी प्राथमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष श्री मित्रबहादुर पौडेल, प्रधानाध्यापक श्री केदारनाथ पौडेल, ४२ जना छात्रछात्रा तथा अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई शिक्षामैत्री वातावरण प्रदान गरेको थियो। कार्यक्रमा प्रधानाध्यापक श्री केदारनाथ पौडेलले विद्यालयको वर्तमान अवस्था, विBfर्थीहरूको आवश्यकता र सुधारका सम्भावित पहलहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा मुना बचत तथा ऋण सहकारी संस्था लि. गैडाकोट–४ की पूर्व अध्यक्ष श्रीमती सङ्गीता घिमिरेले विद्यालयको अवस्था प्रत्यक्ष अवलोकन गरी स्थानीय निकायसँग समन्वय गरी थप सहयोग जुटाउन पहल गर्ने प्रतिj¢ता व्यक्त गर्नुभयो। त्यसैगरी संस्था अध्यक्ष श्री मिलनराज घिमिरेले सहकारीले विगतदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने आश्वासन दिनुभयो।

सो कार्यक्रममा सहकारीका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, सदस्य तथा कर्मचारीहरूको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रभावशाली बनाएको थियो। अध्यक्ष घिमिरेले विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले देखाएको आत्मीय आतिथ्यप्रति हार्दिक धन्यवाद व्यक्त गर्दे कार्यक्रमको समापन गर्नुभएको थियो ।

Share: