सर्वप्रथम सम्पूर्णमा नमस्कार,
मुना बचत तथा ऋण सहकारी संस्थालाई यो उचाई सम्म पुर्याउन भूमिका खेल्नुहुने पूर्व समिति, उप-समिति, कर्मचारी वर्ग, शेयर सदस्यज्यूहरु तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सवल र सक्षम संस्था निर्माण गर्न,पूँजीगत भौतिक तथा मानवीय संसाधनमा आत्मनिर्भर रहन,संस्थागत दिगो विकास गर्न अझ प्रभावकारी गुणात्मक सदस्यमुखी समुदाय लक्षित कार्य गर्ने उद्देश्य र लक्ष्यका साथ मुकुन्दसेन तथा नारी कल्याण बचत तथा ऋण सहकारी संस्था विच २०७३।०८।२५ गतेको दिन एकिकरण गर्दै हाम्रा सदस्यहरुलाई वित्तिय रुपमा साक्षर बनाई पारिवारिक व्यवस्थापन र बचत गर्ने बानीलाई वृहत्तर वृद्धि ल्याउने योजना गरी सहकारी क्षेत्रका असल अभ्यासलाई निरन्तर आत्मसाथ गर्दै सदस्यहरुको मनोभावनालाई यथोचित सम्बोधन गर्ने किसिमका सेवा सुविधाहरु मार्फत सदस्यहरुको सन्तुष्टि पुरा गर्न सकिन्छ भन्ने उत्कृष्ट चाहाना ,अभिलाषा बोकेर सहकारी सिद्धान्त अनुसार निरन्तर अगाडी बढिरहेका छौं।
संस्था नीति, विधि, र प्रविधिको प्रभावकारी प्रयोग मार्फत सञ्चालन गर्नका लागि हामीले हरेक क्रियाकलापहरुलाई व्यवस्थित, प्रतिस्पर्धी, र व्यवसायिक बनाउन निरन्तर प्रयास गरिरहेका छौं। यस क्रममा, आवश्यक नीति, नियम, र कार्यविधिको निर्माण तथा मौजुदा प्रणालीमा समयानुकूल संशोधन गर्दै आएका छौं। संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै, व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष प्राथमिकता दिइएको छ। साथै, संस्थाका कार्यक्रम र कार्यनीतिहरूको तर्जुमा मात्र नभई तिनको सफल कार्यान्वयनका लागि पनि हामी निरन्तर क्रियाशील छौं। यस प्रक्रियाले संस्था दिगो, पारदर्शी, र प्रविधिमैत्री बनाउँदै लैजाने हाम्रो विश्वासलाई थप बलियो बनाएको छ। शेयर सदस्य तथा बचतकर्ता सदस्यहरुको लगानीलाई सुरक्षित गर्ने पहिलो कर्तब्यलाई आत्मसात गर्दै सुरक्षित र गुणस्तरीय लगानी गर्ने नीतिलाई कडाईका साथ अवलम्बन गरिरहेका छौं । संस्थाको समग्र विकासमा हातेमालो गर्दै प्रविधी मैत्री, सुशासनयुक्त संस्था को रुपमा सञ्चालन गर्न संस्थाको वित्तिय कारोवार लेखा प्रणाली व्यवस्थापनको कामकाजलाई चुस्तदुरुस्त एवं पारदर्शी बनाउन अत्याधुनिक सफ्टवेयरको प्रयोग संचालनमा ल्याई समयानुकुल सदस्यहरुको माग र चाहाना अनुरुपका मोवाईल बैकिङ्क ,एस.एम.एस. बैकिङ्क, क्यु.आर.कोड , ई-टेलर,ट्याव्लेट बैकिङ्क,रेमिट सेवा जस्ता प्रविधिको प्रयोग गर्दै अगाडी बढिरहेका छौं । सबैको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग र रचनात्मक पृष्ठपोषण प्राप्त हुने अपेक्षा हरपल रहिरहने छ। सदस्यहरुले संस्था प्रति देखाउनुभएको अटुट विश्वास र सद्भाव उल्लेखनिय रहेको छ जसले हामिलाई कठिन भन्दा कठिन परिस्थितमा पनि अझ मजबुत जिम्मेवारी बोधका साथ कडा परिश्रम गर्ने आट हिम्मत साथै प्रेरणा मिलेको छ ।
संस्थाले विविध क्षेत्रमा उपलब्धि हासिल गरेको छ। यी उपलब्धिहरू तपाईको साथ, विश्वास, र सक्रिय सहभागिताका कारण सम्भव भएका हुन्। प्राप्त गरेका उपलव्धीहरुलाई कायम राख्दै आगामी वर्षहरुमा पनि त्यसलाई अझ उचाईमा पुर्याउन संस्थाको सामाजिक उत्तरदायित्वसँग सरोकार राख्ने शिक्षा, खेलकुद, स्वास्थ्य, र वातावरण संरक्षणका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालनको योजना तर्जुमा गरी व्यवस्थित तरिकाले अगाडी बढ्ने प्रयास निरन्तर जारी रहिरहनेछ । विशेष गरी, महिला सशक्तिकरण कार्यक्रम र युवाहरूका लागि उद्यमशीलता सँग सम्बन्धित आवश्यकतामा आधारित तालिमहरू विभिन्न समय अवधिमा व्यवस्थित तरिकाले संचालन गरि अगाडी बढ्ने प्रयास निरन्तर रहिरहनेछ भन्नेमा म विश्वस्त छु । समुन्नत समाजका लागि व्यवसायिकता तथा आत्मनिर्भरता सहितको उत्कृष्ट सेवा प्रदान गर्न सक्षम, सबैको सधैको रोजाईको संस्थाको रुपमा अगाडी बढाउने हाम्रो प्रयत्न रहनेछ । संस्थालाई सदैव एउटा सारथीको रुपमा अङ्गीकार गर्न अनुरोध गर्दै यस संस्थालाई आफ्नो पहिलो रोजाईको रुपमा लिनुहुनेछ भन्ने कामनाका साथ हजुरहरुको रोजाईलाई सार्थकता दिलाउनका लागी हरपल हरक्षण तपाईको सेवामा सदैव समर्पित हुनेछौ भनि विश्वास दिलाउन चाहान्छु ।
संस्था सफल सञ्चालनको मुख्य आधार नै संस्था सञ्चालनमा प्रत्यक्ष वा परोक्ष रुपमा लागि पर्ने जनशक्तिहरु हुन जसले संस्थाको हरेक कार्य अझ बढी सुव्यवस्थित, प्रतिस्पर्धी एवम् व्यवसायिक रुपमा प्रभावकारी ढंगले सम्पादन गर्न मुख्य भुमिका खेलेको हुन्छ संस्थाले लिएको लक्ष्य प्राप्तीको लागि दक्ष मानविय स्रोतको विकास र संस्थामा कार्यरत कर्मचारीहरुको व्यवसायिक दक्षता विकास साथै सदस्यमुखी व्यवहारको प्रशिक्षणको व्यवस्था मिलाईएको छ । मलाई विश्वास छ आउने वर्षहरुमा हामीले अनुमान गरिएभन्दा तिव्र गतिमा संस्थागत लक्ष्य प्राप्तीको बाटोमा अगाडी बढ्दै जानेछ ,जसको आधारहरु तयार भएका छन । विहानीलाई हेरेर दिन कस्तो हुन्छ भनी अनुमान गरे जस्तै वर्तमानमा संस्थाको अवस्था हेरेर संस्थाको भविष्यको बारेमा सहजै अनुमान गर्न सकिन्छ । सबैलाई समेटेर ‘‘म ,मेरो अनी हामी सबैको’’ अवधारणाले सबैको अपनत्व हुने गरी अगाडी बढ्ने छ । संस्थाको लक्ष्य प्राप्ती र विकासमा सबैको महत्वपूर्ण भुमिका रहेको छ र आउने दिनहरुमा पनि सहयोगको पूर्ण अपेक्षा गर्दछु ।
अन्त्यमा, म सम्पूर्ण सदस्य, सञ्चालक मण्डल, र कर्मचारीहरूप्रति हृदयदेखि आभारी छु। सहकारीले हासिल गरेका उपलब्धिहरू हामी सबैको सामूहिक प्रयासको परिणाम हो। आउने दिनहरूमा पनि हामी एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्दछु। सहकारी सिद्धान्त र मूल्यहरूको पालना गर्दै हाम्रो सहकारीलाई अझ बलियो, पारदर्शी, र सदस्य मैत्री बनाउने हाम्रो यात्रा जारी रहनेछ।
"हाम्रो सहकार्य, हाम्रो सफलता।"
धन्यवाद!
[चुडामणी पाण्डे]
प्रमुख कार्यकारी अधिकृत
[मुना साकोस, गैडाकोट-४,नवलपुर]