|

मोबाईल बैकिङ्ग सेवा

मोबाइल बैकिङ्क सेवाः

संस्थाले मोबाइल बैकिङ्क सेवाको माध्यमबाट सदस्यहरूको दैनिक बैंकिङ्क आवश्यकताहरूलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आफ्नो बैंकिङ्क सेवा घर वा कामकाजी स्थानमा सजिलै उपलब्ध गराउने प्रतिबद्दता अनुसार मोबाइल बैकिङ्क सेवा संचालनमा ल्याएको छ । हामी सदस्यहरुको राय,सल्लाह,सुझाव र प्रतिक्रिया लिदै यसको प्रयोग सहज, सरल र सुरक्षित बनाउन लागि निरन्तर अग्रसर भईराखेका छौ। मोबाइल बैकिङ्क सेवाको मुख्य उद्देश्य सदस्यहरूलाई यथा स्थानबाट जुनकुनै समयमा सहजै कारोबारमा पहुँच पुर्याउनु रहेको छ । यसले सदस्यहरूको समय बचत गर्दै, उनीहरूको बैकिङ्क सेवा उपयोगमा अधिक लचिलोपन र सुविधा प्रदान गर्ने हामीले विश्वास लिएका छौ।

संस्थाले मोबाइल बैकिङ्क सेवाको माध्यमबाट सदस्यहरूको बैंकिंग अनुभवलाई अत्यधिक सुधार गर्ने प्रयास गरेको छ। सदस्यहरूले इन्टरनेट कनेक्सनको माध्यमबाट आफ्नो खाताको व्यालेन्स चेक,खाता विवरणहरू, ट्रान्जेक्शन इतिहास, पैसा ट्रान्सफर, बिल भुक्तानी, लोन भुक्तानी र अन्य वित्तीय सेवाहरू सजिलैसँग आफ्नो मोबाइल फोनमार्फत प्राप्त गर्न सक्छन्। यसले बैंकिङ्क प्रणालीलाई सबैका लागि सस्तो, सुलभ र द्रुत बनाउन मधत पुर्याई सदस्यहरूको सन्तुष्टि र विश्वासमा वृद्धि हुने हामिले विश्वास लिएका छौ ।

संस्थाले आफ्नो डिजिटल प्रणालीको सुरक्षामा विशेष ध्यान दिएको छ, जसले सदस्यहरूको व्यक्तिगत र वित्तीय जानकारीलाई सुरक्षित राख्ने सुनिश्चितता दिन्छ। उच्चतम सुरक्षा मापदण्डहरूको लागू गर्नाले ग्राहकहरूको गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै, डिजिटल बैकिङ्क सेवामा विश्वासको वातावरण सिर्जना गर्दछ। यसले संस्थाको सेवा र ग्राहक सन्तुष्टि दुवैलाई नयाँ उचाईमा पुर्याउन मधत पुग्ने छ।