रेमिट्यान्स सेवाः
रेमिटान्स सेवा मार्फत शेयर सदस्यका आफ्न्तजनले विदेशबाट पठाइएका रकमहरू सहकारी संस्थाबाट सीधा प्राप्त गर्न सदस्य माझ रकम ल्याउने प्रक्रियामा समय र लागतको न्यूनिकरण गर्दै रेमिटान्स रकमको बचतमा राम्रो ब्याजदर प्रदान गरी सदस्यहरूको वित्तीय लाभमा वृद्धि गर्ने साथै बैंकिङ प्रणालीमा पहुँच नपाउने व्यक्तिहरू सम्म पनि रकम पुर्याई वित्तीय समावेशिता बढाउँने लक्ष्य राखी रेमिटान्स सेवाहरू मार्फत रकम छिटो छरितो, पारदर्शी, र सुरक्षित तवरले वितरण गरि सदस्यहरूको रकमको संरक्षणमा सुनिश्चितता प्रदान गर्ने संकल्पका साथ संस्थाले रेमिटान्स सेवाहरू सञ्चालनमा ल्याएको छ ।
संस्थाबाट प्रदान गरिने रेमिटान्स सेवालाई थप प्रभावकारी र विस्तार गर्दै सदस्यहरुको बढ्दो मागलाई सम्बोधन गर्न हाल कायम रहेका विभिन्न (IME,CITY Express, Western Union, Himal ) रेमिटबाट सेवाहरु लिईरहेकोमा सेवा थप गर्न अन्य रेमिटान्स कम्पनीहरु मार्फत समेत कारोबार सम्झौता गरी सञ्चालनमा ल्याईनेछ । रेमिटान्स सेवा लिने स्थानियलाई संस्थाको सदस्य बनाउने नीति अख्तियार गरिनेछ ।नियमित रुपमा रेमिटान्सको कारोबारमा सहभागी सेवाग्राहीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाईने छ ।