|

एस.एम.एस. बैकिङ्ग सेवा

एसएमएस बैंकिङ्क सेवाः

पासबुक प्रतिष्थापन गर्न कारोबारको सुनिश्च्तिता प्रदान गर्न समय सापेक्ष सदस्यहरुको माग सम्बोधन गर्दै सदस्यहरुको मनोभावनाको बिशेष ख्याल गरि रकम डिपोजिट होस वा बचत फिर्ता कारोवार समयमा नै सदस्यको मोबाईलमा कारोवारको सम्पूर्ण विवरण उपलब्ध हुने तथा विश्वासिलो पनि हुने तथा युगानुसार परिर्वतनको बाटोमा संस्था अगाडी बढिरहेको अवगत गराउन चाहान्छौ ।

संस्थाले आफ्ना सदस्यहरूलाई इन्टरनेटको आवश्यकता बिना नै आफ्नो खाता र लेनदेनहरूको व्यवस्थापन गर्न, एसएमएस बैंकिङ्क सेवा उपलब्ध गराई मोबाइल फोनको माध्यमबाट संस्था सँगका विभिन्न बैंकिङ्क सेवाहरू प्रयोग गर्न मद्दत पुर्याउने र खाता सम्बन्धी लेनदेन विवरणलाई एसएमएसमार्फत प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्ने प्रयास गरेको छ ।

सदस्यहरूको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै एसएमएस बैंकिङ्क सेवा प्रदान गर्दा, यसले वित्तीय समावेशन र डिजिटल बैंकिङ्कको प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाउने र सदस्यहरूको जीवनलाई सरल र सहज बनाउँदै संस्थासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास हामीले लिएका छौ ।

एसएमएस बैंकिङ्क सेवा मार्फत सदस्यहरुले लेनदेनको समय, रकम र विवरणहरूको जानकारी तुरुन्तै प्राप्त गर्न सम्भव बनाउछ। जसले वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथसाथै संस्थाको सेवा क्षेत्रमा सुधार तथा नयाँ सदस्यहरूलाई आकर्षित गर्न मद्दत पुर्याई संस्थाको प्रतिस्पर्धा क्षमता पनि वृद्धि गर्दै सदस्यलाई थप सेवा र सुविधा प्रदान गर्ने हाम्रो विश्वास छ ।